जाजरकोटमा पहिरोले दुई घर बगाउँदा ७ को मृत्यु, ५ बेपत्ता

jajarkot pahiro
तस्वीर : हेमन्त केसी/रासस
लोकपाटी न्यूज

जाजरकोट, २६ असार। जाजरकोट बारेकोट गाउँपालिका ४ मा बिहीबार राति पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका १२ जनामध्ये सात जनाको शव भेटिएको छ। बेपत्तामध्ये सात जनाको शव भेटिएको र जसमध्ये तीन जनाको पहिचान खुल्न सकेको छैन।

पहिरोले घर बगाउँदा बेपत्ता भएका बारेकोट गाउँपालिका ४ सार्कीगाउँका ५२ वर्षीय गोपाल सार्की र उनको ११ वर्षका छोरा अर्जुन सार्की, कलु सार्कीको घरमा पाहुन आएका कुशे गाउँपालिका ९ का २० वर्षीया डिल्ली सार्की र १८ वर्षका वीरेन्द्र सार्कीको शव भेटिएको हो। बेपत्ता अन्य पाँच जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्