पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढ्यो

petrol pam
लोकपाटी न्यूज

काठमाडौं, २६ असार। नेपालमा इन्धनको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेल तीनै प्रकारका इन्धनको मूल्य प्रतिलिटर १-१ रुपैयाँले बढाएको हो।

तेलको मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ तथा डिजल र मट्टितेल प्रतिलिटर ८८–८८ रुपैयाँमा बजारमा पाइनेछ। मूल्य बढाउँदा पनि निगमलाई पेट्रोल र डिजेलमा घाटा नै छ। मूल्य समायोजन भएसँगै निगमको १५ दिनको घाटा ५० लाख रुपैयाँमा झरेको छ।

यसअघि निगमले असार १६ गते तेलको मूल्य बढाएको थियो। जसअनुसार निगमलाई १५ दिनमा ६ करोड १५ लाख घाटा हुने अनुमान गरिएको थियो। निगमको शुक्रबार सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको हो।

इन्डियन आयल कर्पोरेसनबाट १ जुलाई २०२० मा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ६५ पैसा, डिजेलमा ३ रुपैयाँ ८२ पैसा, मट्टितेलमा १४ रुपैयाा २५ पैसा, हवाई इन्धनमा ३ रुपैयाँ ३ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर ६ रुपैयाँ ७७ पैसा वृद्धि भएर आएको छ।

107710873_293878785067238_4113661828408072152_n

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्