‘कोरोना जाँचको शुल्क लिए कारबाही गर्छौं’

coronavirus-test-kiti
लोकपाटी न्यूज

काठमाडौं, २५ असार। कोरोना भाइरस परीक्षणको कुनै शुल्क नलिन सरकारले प्रयोगशालाहरुलाई निर्देशन दिएको छ।दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना जाँच गरेको शुल्क बुझाउन पालिकाहरुलाई ताकेता गरेपछि मन्त्रालयले यस्तो शुल्क लिनु गैरकानूनी रहेको जनाएको हो।

सरकारको निर्देशिकाअनुसार कोरोना परीक्षणको सबै खर्च सरकारले नै बेहोर्ने भएकाले कुनै पनि निकायले शुल्क लिन नपाउने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। डा. गौतमले कोरोना परीक्षणको शुल्क लिएको पाइएमा कारबाही हुने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्