काठमाडौं, २१ असार। खानेपानीमन्त्री बिना मगरले अबको केही समयभित्रै काठमाडौंवासीको धारामा मेलम्चीको पानी आउने बताइन्। मेलम्चीको सुरुङमा पानी परीक्षण गरेपछि जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै मन्त्री मगरले लामो समयसम्मको अन्योलतापछि मेलम्ची खानेपानीको आयोजना सम्पन्नतातर्फ गएको बताएकी हुन्।
मन्त्री मगरले भनिन्,‘मेलम्ची आयोजनाले धेरै अन्योलताहरू सामना गर्यो। मेलम्ची आयोजना एक किसिमको दन्त्य कथाजस्तो पनि बन्यो।’
तर, आजदेखि सुरुङमा पानी परीक्षणको काम सुरु भएको छ। जसकारण अन्योलतामा रहेको आयोजना अबको केही समयपछि नै उद्घाटन गरिने मन्त्री मगरले बताइन्। मेलम्ची आयोजनालाई पटक-पटक असफल आयोजनाको रूपमा प्रस्तुत गरिए पनि सफल भएको उनले बताइन्।



लोकपाटी न्यूज

