काठमाडौं। अभिनेत्री एलिजा गौतम र मोडल दुर्गेश थापाको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायक अमृत सापकोटा, गायिका समिक्षा अधिकारी र आयुषा गौतमको सुमधुर स्वर रहेको आधी कपाल’ बोलको गीतको भिडियो आइतबार युट्युबमा सार्वजनिक गरिएको हो।
गीतमा नेत्र अर्यालको शब्द र खेम सेञ्चुरीको संगीत रहेको छ। यस गीतको भिडियो युट्युबमा सार्वजनिक भए लगत्तै निकै रुचाइएको छ।
भिडियोमा दुर्गेश र एलिजासँगै आयुषा गौतम र एलिजाकी छोरी एरिका गौतमको पनि अभिनय रहेको छ। गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन र शिव विकले निर्देशन गरेका हुन्।



लोकपाटी न्यूज

