नेपालमा थप ४७३ जनामा कोरोना पुष्टि

corona doctor
लोकपाटी न्यूज

काठमाडौं, १८ असार। नेपालमा पछिल्लो २४ घण्टामा ४७३ जना कोरोना संक्रमित भेटिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४५१९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये १०९ जना महिला र ३६४ जना पुरूष रहेका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार विहीबार थप १०९ जना महिला र ३६४ जना पुरुष गरी जम्मा ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। हालसम्म १ हजार ८८३ जना महिला र १२ हजार ६३६ जना पुरुष गरी १४ हजार ५ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डा गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका ३ जना पुरुष र मोरङका ४ जना महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना पुरुष, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका एक महिला र ९ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ४ जना महिला र २६ जना पुरुष, महोत्तरीका एक महिला र १२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा अछामका ५ महिला र २६ जना पुरुष, बझाङका ११ जना महिला र २४ जना पुरुष, डोटीका १० महिला र ४८ जना पुरुष, कैलालीका ४० जना महिला र १ सय २५ पुरुष, कंचनपुरका ६ जना महिला र २५ जना पुरुष र खोटाङका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा ललितपुरका एकजना पुरुष, भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा चितवनका एक महिला र एकजना पुरुष, त्रिवि शिक्षण अस्पताल महाराजगंज काठमाडौंमा गरिएको परीक्षणमा बर्दियाका एकजना महिला, भक्तपुरका २ जना पुरुष, दाङका २ जना पुरुष, धादिङका एकजना महिला, दोलखाका एक जना महिला र एकजना पुरुष, गोरखाका एकजना पुरुष, काठमाडौंका १७ जना महिला र ११ जना पुरुष, काभ्रेका एक पुरुष रललितपुरका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै मकवनपुरका एकजना महिला,पाल्पाका एकजना महिला, रामेछापका एकजना पुरुष, रुपन्देहीका एकजना पुरुष, सिन्धुलीका एकजना पुरुष, उदयपुरका एकजना महिला,नवलपरासीका एकजना पुरुष, सिन्धुपाल्चोकका एकजना पुरुष, अर्घाखाँचीका २ जना पुरुष र सुनसरीका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै टेकु अस्पतालको प्रयोगशालामा नुवाकोटका एकजना पुरुष, रसुवाका एकजना महिला र सिन्धुपाल्चोकका एक महिला र २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका एकजना पुरुष, पर्वतका २ जना पुरुष, तनहुँका ३ जना पुरुष र स्याङ्जाका २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका एकजना पुरुष, लमजुङका एकजना महिला र १५ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका २ जना पुरुष, स्वास्थ्य सेवा कार्यालय दैलेखमा गरिएको परीक्षणमा दैलेखका ३ जना पुरुष, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कालिकोटका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा २ वटा प्रयोगशाला थप भइ हाल २५ वटा प्रयोगशालाहरुमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको डा गौतमले बताए।

संक्रमितम्धये ५३२० जना निको भएर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा ३८१०९ जना छन् भने ९१६८ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २३७७६४ जनाको नमूना परीक्षण भएको छ। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्