लायन्स क्लब अफ काठमाडौं युनाइटेड फ्रेन्ड्सको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

picc
लोकपाटी न्यूज

काठमाडौं, १८ असार। लायन्स क्लव अफ काठमाडौं युनाइटेड फ्रेन्ड्स (डिष्ट्रीक ३२५ बी २ नेपाल) को पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। बुधबार एक कार्यक्रमको आयोजना गरी क्लबले लायन वर्ष २०२०/२०२१ का लागि नयाँ कार्यसमितिलाइ पद हस्तान्तरण गरेको हो।

लायन वर्ष २०१९/२०२० का डायनामिक प्रेसिडेन्ट एवं लायन वर्ष २०२०/२०२१ का जोन चेयर पर्सन एम जे एफ लायन अनिल बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमूख अतिथिको रुपमा पास्ट डिष्ट्रीक गभर्नर एम जे एफ लायन अनुप कुमार पहारी रहेका थिए।

त्यसैगरि विशेष अतिथिको रुपमा प्रथम भाइस डिष्ट्रीक गभर्नर एम जे एफ लायन राम प्रसाद भट्ट, डिस्ट्रीक कोर्डिनेटर (इभ्यालुएशन चिफ) लायन बिनय बस्नेत, एरिया चिफ (डिष्ट्रीक ३ क २५ बी २ नेपाल) अमर ज्योती रन्जित र डिस्ट्रीक डिपार्टमेन्ट चिफ (जेरो वेष्ट) यदुराज लामिछाने (आशिष) को उपस्थिती रहेको थियो।

कोरोना भाइरस (कोभिड-१९) को महामारीले सिर्जित विषम परिस्थितिले गर्दा केही सिमित व्यक्तित्वहरुको उपस्थितिमा सो कार्यक्रम गरिएको हो। नयाँ लायन वर्षको लागि लायन दिपक थापालाई अध्यक्षको पद हस्तान्तरण गरिएको छ।

त्यसैगरि प्रथम भाइस प्रेसिडेन्टमा कृष्ण प्रसाद पौडेल, सचिव लायन सुरेश धमला, कोषाध्यक्ष लायन दिप्रश शाक्यले पनि आ-आफ्नो पदको जिम्मेवारी लिएका छन्। कार्यक्रममा युनाइटेड फ्रेन्ड्सका क्लब सर्भिस चेयर पर्सन लायन वेदनाथ ढकालको पनि उपस्थिती रहेको थियो। बिगतको केही समीक्षा र आगामी दिनको रणनीतिक महत्वका विषयमा चर्चा परिचर्चासँगै बधाइ एवं शुभकामना आदानप्रदान गरी कार्यक्रम समापन गरिको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्