प्रहरी हिरासतमै यादवले गरे आत्महत्या

atamhatya
लोकपाटी न्यूज

काठमाडौं, १७ असार। जावलाखेलस्थित महानगरीय प्रहरी परिसर ललितपुरको थुनुवा कक्षमा एकजनाले आत्महत्या गरेका छन् ।

बलात्कार मुद्दामा गत आइतबार ग्वार्काेबाट पक्राउ परेका २४ वर्षीय दुर्गेश यादवले बुधबार बिहान हिरासत कक्षभित्रै तन्नाको पासो लगाएर आत्महत्या गरेका हुन्। शारीरिक अपाङ्गता भएकी एक महिलालाई बलात्कार गरेको आरोप लागेपछि यादव पक्राउ परेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्