काठमाडौं, १५ असार। नेकपाले तत्काल अगाडि नबढाउने निर्णय गरेको भए पनि राष्ट्रियसभाको सोमबारको बैठकको सम्भावित कार्यसूचिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ संशोधन गर्न बनेको विधेयकलाई राखिएको छ।
राष्ट्रियसभाको बैठक सोमबार दिउँसो बस्दैछ। सो बैठकको सम्भावित कार्यसूचिमा अख्तियार सम्बन्धी संशोधन विधेयक पनि रहेको हो। सो विधेयकको निजी क्षेत्रले चर्को विरोध गरेका छन्।
यस्तै विज्ञले पनि सरकारले ध्यान अन्यत्र लैजानका लागि विधेयक ल्याएको बताएका छन्। त्यसपछि नेकपाको असार १२ गतेको स्थायी समिति बैठकले तत्काल सो विधेयक राष्ट्रियसभामा अघि नबढाउने निर्णय गरेको थियो। तर नेकपाको सो निर्णय विपरित देखिने गरी राष्ट्रियसभाले सम्भावित कार्यसूचिमा विधेयकलाई राखेको हो।


लोकपाटी न्यूज

