मदन भण्डारी कलेजको १९ औं वार्षिकोत्सव सम्पन्न

77
लोकपाटी न्यूज

काठमाडौं, १४ असार। मदन भण्डारी कलेजले आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सव माइक्रोसफ्ट टिमको भर्चुअल मोडमार्फत् मनाइएको छ। कार्यक्रममा कलेजका संस्थापक एवं शिक्षक डा.भिमलाल गौतमले कलेजको स्थापनादेखिको इतिहासको बारेमा र कलेज स्थापना गर्नुको उद्देश्यको बारेमा चर्चा गरेका थिए।

कलेजको विश्वविद्यालय कार्यक्रमकी संयोजक निरुजा फुयालले कलेजको शैक्षिक कार्यक्रमका बारेमा प्रकाश पारेकी थिइन्। बिसिए कार्यक्रमका डाइरेक्टर अरुण शर्माले उक्त कार्यक्रममा माइक्रोशफ्ट टिममा कक्षा सञ्चालनबारे जानकारी गराएकी थिए।

नेपाली समाजमा मदन भण्डारीका शैक्षिक र प्राबिधिक सपनाहरुलाई व्यवहारिक रुपमा पहुंच दिनको लागि २०५७ सालमा तत्कालीन एमालेका ६९ जना प्रतिनिधी सभाका सांसद र अरु बुद्धिजिविहरुको पहलमा जम्मा १९२ जनाले जनही १० हजार रुपैयाँ जम्मा गरेर उक्त कलेज स्थापना गरिएको हो।

मदन भण्डारी मेमोरियल कलेजमा हाल लगभग १५०० विद्यार्थीहरुले कक्षा ११,१२ देखि त्रिभुवन विश्वविद्यालयका बिए, बिबिएस, बिबिएम, बिसिए तथा एम ए समाजशास्त्र, पत्रकारिता र अङ्ग्रेजीका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

कलेजका बिबिएम कार्यक्रम संयोजक प्रज्वलमान श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा प्लस टु कार्यक्रमका संयोजक कमल न्यौपानेले सहभागीहरुप्रति आभार व्यक्त गरेका थिए।

pic

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्