सांसद अथकको सक्रियतामा बाँके क्षेत्र नं एकमा विकासको गतिले तीब्रता लिँदै

Maheswor Gahatraj
लोकपाटी न्यूज

बाँके, १४ असार। १२ वर्षदेखि बाँकेको नरैनापुर गाउँपालिबासी र राप्ती सोनारीका बासिन्दाहरुलाई अब अन्धकारमय तथा कस्टकर जिवन बिताउन नपर्ने भएको छ। बाँके क्षेत्र नम्बर १ का सांसद महेश्वर गहतराज अथकको निरन्तरको सक्रियतामा बाँके क्षेत्र नम्बर १ का विभिन्न विकासका योजनाहरु अगाडि बढी रहेका छन्।

सांसद अथकको सक्रियतामा राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा विद्युतिकरण र हुलाकी सडक अन्तिम चरणमा पुगेको छ। उक्त क्षेत्रमा अहिले विद्युत प्रसारण लाइन विस्तारको काम तीव्र गतिमा अघि बढी रहेको छ।

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम,तराई मधेस समृद्ध कार्यक्रम,तराई मधेश विशेष सडक पुर्वाधार, विशेष अनुदान, समपुरकलगायत थुप्रै कार्यक्रममार्फत् आफ्नो निर्वाचन क्षेत्रमा रणनीतिक सडक प्रादेशिक सडक, कृषि सडक, स्थानीय सडक स्कूल भवन, सामुदायिक भवन, स्वास्थ्य चौकी भवन निर्वाचन क्षेत्र भरिका स्कूलहरुमा टिनलाई विस्तापित गरेर पक्की भवन निर्माणको अभियान सुरु, राप्ती नदिको दुबै साइड तटबन्ध, झुलुङ्गे पुल मोटरेवल पुल निर्माण, सिटि हल निर्माण,आन्तरिक पर्यटन प्रवद्र्धधनका लागि पार्क निर्माण सिक्टा सिँचाइ आयोजनामा आएका विभिन्न समस्या सावधानी गर्दै सिक्टामा पानी सुचारु गन्धर्व बादी समुदायहरुका लागि घर निर्माण गरी बस्ती हस्तान्तरण, एक स्थानीय एक विद्यालयमा प्राविधिक धार लागू कृषिमा आधुनिककरण साँस्कृतिक संग्रहालय, बजार क्षेत्रमा ढलनिकास, आधुनिक खाले बधशाला निर्माण, लगायतका थुप्रै कामहरु सांसद अथक प्रयासमा भएका छन्।

हामीले राम्रो सांसद पाउदा हामी साह्रै खुसी छौं, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष जनक थारुले भने। त्यस्तै, राप्ती सोनारी गाउँपालिका वाड नम्बर ९ का युवा व्यवसायी तथा समाजसेवी बिरु के.सि. कोहलपुरका समाजसेवी लक्ष्मी थापाले सांसद भएपछि अथक जस्तो हुनुपर्ने बताए। नेपालगञ्जदेखि सुइया बगौडा हुलाकी सडक,अगैया फत्तेपुर जोड्ने हुलाकी सडक,सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहर ,राप्ती सोनारी वडा नम्बर ६ को जन सिद्देस्वर क्याम्पसको निर्माणधीन भवन, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बैजापुरको निर्माणधिन भवन लगायतका विकास निर्माण तीब्र गतिमा अघि बढी रहेका छन्।

tt

सांसद अथकले भने,‘उक्त क्षेत्रमा निर्माणधीन रहेको हुलाकी सडकले आउने वर्षमा त्यहाँका बासिन्दाहरुलाई यातायातमा सहजता मात्र नभएर, व्यापार व्यवसाय, पर्यटन, रोजगारी र गाउँ आधुनिकरण जस्ता कयौं विधामा फाइदा हुन सक्छ, विद्यालय तथा क्याम्पसहरुको स्तरउन्नतिले शिक्षाको दृष्टिकोणले अलि पछाडि रहेका त्यहाँका बालबालिका तथा युवाहरुको भविष्य सुनिश्चित हुन सक्छ र राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको सिक्टा सिँचाइको पूर्वी नहरले भविष्यमा यहाँका किसानहरुलाई ठूलो राहत मिल्ने छ र कृषि अर्थतन्त्रले निकै ठुलो फड्को मार्ने छ।’

3

यी विभिन्न योजनाहरुलाई साकार रुप दिनका लागि आफूले निरन्तर उर्जामन्त्री वर्षमान पुन र वनमन्त्री शक्ति बस्नेतसँग समन्वय एवं पहल गर्दै आएको र दुवै मन्त्रीबाट आफूले राम्रो साथ सहयोग प्राप्त गरेको सांसद अथकले बताए। सांसद अथकले राप्ती नदि नियन्त्रणका लागि निरन्तर लागि जनता तटबन्ध कार्यालय दाङ, सिँचाइ विभाग हुँदै उर्जा मन्त्रालयसम्म निरन्तर आफै फाइल बोकेर राप्ती नदिको वारी र पारी दुबै साइड तटबन्धका लागि २०७४ सालदेखि अहिले सम्म करोडौंको बजेट ल्याएका छन्।

3

सांसद अथकका स्वकीय सचीव दिलिप सोनिका अनुसार हुलाकी सडकमा काम गर्दै गर्दा पनि विभिन्न किसिमका बाधा अवरोध आएकै र त्यसलाई पनि सहजीकरण सांसद अथकले गरेका छन्। विकास योजनाको दौडहोस् या कोरोन महामारीको नियन्त्रण तथा रोकथामको विभिन्न आवश्यक पहल कदमहरुमा संसद अथकले निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

12

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्