स्यानिटाइजर पिउँदा तीन जनाको मृत्यु

senitizer
लोकपाटी न्यूज

एजेन्सी। अमेरिकामा स्यानिटाइजर पिउँदा तीन जनाको मृत्यु भएको छ। स्यानिटाइजरबाट चार जनाले दृष्टि समेत गुमाएका छन्।

उक्त स्यानिटाइजरमा मेथानोलको प्रयोग भएको हुनसक्ने न्यु मेक्सिको राज्यको स्वास्थ्य विभागले जनाएको छ। यस केमिकलले दिमागमा असर पार्नुकासाथै शरीरका विभिन्न अंगमा असर गर्ने बताइएको छ।

पछिल्लोपटक कोरोना महामारीका कारण स्यानिटाइजरको प्रयोग बढ्दो छ।यस किसिमको केमिकलले मगजमा असर पार्नुकासाथै दृष्टि गुमाउने र मिर्गौलासमेत बिगार्ने बताइएको छ। मृत्यु भएकाहरुको विस्तृत विवरण भने दिइएको छैन।