राजेन्द्र बि.क./ बाजुरा, १३असार। बाजुराका ९वटा स्थानीय तह मध्ये ६ स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ। योसँगै बाजुरामा कोरोना संक्रमितको संख्या १ सय २९ पुगेको छ।
बडिमालिका नगरपालिकाको ४० जना, बुढिगंगाको २६ जना, त्रिबेणि नगरपालिकामा ३९ जना, गौमुल गाँउपालिका २२, जगन्नाथ १ जना र २ जना स्वामिकार्तिक गाँउपालिकाको रहेका छन्।
जसमा ३७ जना महिला र ६१ जना पुरुष रहेको स्वास्थ्य कार्यलय बाजुराका प्रमूख दयाकृष्ण पन्तले बताए। यी मध्य ७ जना स्वास्थ्यकर्मी समेत रहेका छन्। कोरोनाका कारण दुई वर्षीय बालिकाको मृत्यु भएको छ भने एक जनाले क्वारेन्टाइनमै आत्महत्या गरेका थिए।



लोकपाटी न्यूज

