विश्वकै दुर्लभ कालीनाग सर्प भेटियो पर्वतमा

kali-naag pic
लोकपाटी न्यूज

पर्वत, १३ असार। पर्वतमा विश्वकै दुर्लभ कालीनाग सर्प भेटिएको छ। पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ९ कटुवाचौपारीस्थित अलपेश्वर गुफा नजिकै भेटिएको सर्प दुर्लभ कालीनाग भएको पुष्टि भएपछि संरक्षण गर्न थालिएको हो।

स्थानियले सर्प भेटेपछि सर्प संरक्षक तथा सर्प विषेशज्ञको टोलीलाई खबर गरेका थिए। विषेशज्ञको टोलीले उक्त सर्प पोथी कालीनाग भएको पुष्टि गरेका हुन्। पोथी कालीनागले बच्चा जन्माउनका लागि फुल सेकेर बसेको अवस्था रहेको सर्प संरक्षक ऋषि बरालले जानकारी दिए।

बच्चा कोरल्नका लागि सेकेर बसेका कारण अहिले अन्यत्र स्थानान्तरण गर्न नहुने भन्दै कालीनागलाई त्यही संरक्षण गरी राख्न थालिएको उनले बताए। अत्यन्तै दुर्लभ संसारकै विषालु यो राजगोमन अर्थात् पोथी कालीनाग ११ फिट लम्बाइ तथा साढे ९ किलोग्राम तौलको रहेको छ ।तराई क्षेत्रमा पाइने सर्प कसरी यस क्षेत्रमा आइपुग्यो भन्ने अनुसन्धान गर्नुपर्ने सर्प संरक्षक बरालले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्