चितवन, १३ असार। नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको हो।
कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको शनिबार बिहान साढे बजे मृत्यु भएको अस्पतालले जनाएको छ। चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो।
शुक्रबार दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो। स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको थियो।
असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनलाई असार ११ गते राति ८ बजे भरतपुर अस्पताल रिफर गरिएको थियो। उनी फोक्सोको क्यान्सरका विरामी थिए। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ।



लोकपाटी न्यूज

