राम्दी महायज्ञकोे पत्रकार सम्मेलन गरी झुठो विवरण सार्वजनिक गरियो

Janadabab Ryali
लोकपाटी न्यूज

नारायण बि.क/ स्याङ्जा , १२ असार । रामनदीधाम राम्दीमा भएको महायज्ञको सत्यतथ्य छानविन छनविन सहित दोशीलाई कारर्बाहीको माग गर्दै नगर प्रमूख भुपराज अधिकारी समक्ष ज्ञापनपत्र पेस गरिएको छ। गल्याङ बजारमा शुक्रबार जनदबाद र्‍याली सहित महायज्ञका चन्दादाताहरुले ज्ञापन पत्र वुझाएका हुन्।

जनदवाद र्‍यालीलाई सम्बोधन गर्दै नारायण प्रसाद अधिकारी (समिर) ले तत्कालिन समयको आयोजक पक्षले पत्रकार सम्मेलनका नाममा झुठो विवरण सार्वजनिक गरी आम जनतालाई समेत गुमराहमा राख्ने प्रपन्च रचेको आरोप लगाए। उनले एक करोड ७५ लाख रुपैयाँ संकलन भएको स्विकार गरेको आयोजक पक्षले त्यो रकम कहाँ गयो ? भन्ने बारेमा खुलाउन नसकेको बताए ।

लामो समय हिसाब सार्वजनिक नगर्ने अनि पत्रकार सम्मेलनको नाटक मञ्चन गर्ने आयोजकको व्यवहारले आफूहरुलाई आश्चार्यमा पारेको अधिकारीले उल्लेख गरे। उनले २०६८ सालमा राम्दीमा भएको महायज्ञको हिसाबकिताब पारदर्शी रुपमा सार्वजनिक गरी दोशीलाई कारवाही गर्न गल्याङ नगरपालिका संग आग्रह गरे।

अधिकारीले चन्दादाताको मागलाई तत्काल सुनुवाई नभए अझ कडा आन्दोलन गर्ने चेतावनी समेत दिए।
तत्कालिन समयमा स्वयमसेवकको रुपमा खटिएका युवा रामप्रसाद सापकोटाले आयोजकले सार्वजनिक गरेको किर्ते कारोवारको हिसाब किताव मान्य नहुने जनताबाट आवाज आएको बताए।

उनले राम्दी महायज्ञको हिसाबकिताब समुदायका स्वतन्त्र व्यक्तिहरुबाट सार्बजनिक गर्न माग गरिएको भन्दै जनताको मागलाई उपेक्षा गर्ने दुषप्रयास भए त्यसको परिणाम अप्रिय हुने चेतावनी दिए।

त्यस्तै सामाजिक व्यक्तित्व छविलाल भुषालले धर्मको नाममा गरिएका अवान्चित क्रियाकलापले अन्य महायज्ञ र धार्मिक कार्यलाई समेत असर पर्ने बताए। उनले पत्रकार सम्मेलन गरेर पनि सत्यतथ्य वाहिर ल्यान हिचकिचाएको भन्दै महायज्ञ सञ्चालकको यस्ता व्यावहारले आफूहरुलाई आक्रोशित बनाएको बताए ।

नगर प्रमूख भुपराज अधिकारीले ज्ञापनपत्र वुझ्दै सत्यतथ्यपत्ता लगाउन नगरपालिकाको न्यायिक समितिलाई निर्देशन दिने बताए। उनले भोलि नै कार्यपालिकाबाट छानविन समिति गठन गरेर प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे। गल्याङ बजार लिमभित्ताबाट सुरु भएको र्‍याली गल्याङ बजार परिक्रमा गरि नगरपालिका परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो। र्‍यालिमा महाययज्ञका चन्दादाता, स्वतन्त्र नागरिकहरुको उल्लेखिय सहभागिता थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्