काठमाडौं। काठमाडौं उपत्यकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशाला र पाटन अस्पताल ललितपुरको प्रयोगशालमा गरिएको परीक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको हो।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार संक्रमितहरु काठमाडौंका एक पुरुष र भक्तपुरकी एक महिलामा कोरोना संक्रमण देखिएको हो। योसहित नेपालमा संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ। बुधबार मात्र ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार थप ११४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ।



लाेकपाटी न्यूज

