दाङमा जङ्गली च्याउ खाँदा पाँच बिरामी

humla_chyau
लोकपाटी न्यूज

दाङ, ८ असार। दाङमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी परेका छन्। जङ्गलबाट ल्याइएको च्याउ खाँदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ गहतेखोला निवासी ६९ वर्षीय सत्य पुन, उनकी श्रीमती ६१ वर्षीया मैती, छोरी तुलसीपुर ५ निवासी भोला तथा नाति १५ वर्षीय ललित र ११ वर्षीय विशाल बिरामी परेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए।

आइतबार बेलुका उनीहरुले जङ्गलबाट ल्याइएको च्याउ खाएका थिए। बिरामी परेकामध्ये मैतीको गम्भीरावस्था छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्