थप पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

pradesh_karnali
लोकपाटी न्यूज

सुर्खेत, ८ असार। कर्णाली प्रदेश अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।अस्पतालका १ जना भिडियो एक्सरेमा कार्यरत र ४ जना ल्यावमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए।

उनका अनुसार उनीहरु सबैलाई प्रदेश अस्पतालको आइसोलेशनमा राखेर उपचार गराइने छ। प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना विरामीमा कोरोना पोजेटिभ देखिएपछि उपचारमा संलग्न ४२ जनालाई क्वारेनिटनमा राखिएको थियो। उनीहरुको पिसिआर परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्