सिन्धुपाल्चोकमा थप दुई जनामा कोरोना पुष्टि

coronavirus_blood_test
लोकपाटी न्यूज

चौतारा, ८ असार। सिन्धुपाल्चोकका थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। कुवेतबाट जेठ २९ फर्किएकी बलेफी गाउँपालिकाकी एक महिला र भारतबाट आएकी बाह्रबिसे नगरपालिकाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।

दुबै जना अहिले सुनकोशी गाउँपालिकाको क्षेत्रीय क्वारेन्टाइनमा छन्। योसँगै सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ भने मृतक संख्या १ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्