देशका धेरै ठाउँमा झरी : यी क्षेत्रमा बाढीको जोखिम

mausam water
लोकपाटी न्यूज

काठमाडौं, ८ असार। मनसुन सक्रिय भएसँगै देशभर लगातार पानी परिरहेको छ। देशका धेरै ठाउँमा आइतबार रातिदेखि नै झरी परेको छ। सोमबार दिनभर झरी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले प्रमूख नदीमा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। आज काठमाडौं उपत्यकासहित देशका विभिन्न ठूला नदी र साना सहायक नदीहरुमा बहाव बढ्ने र केही साना नदीमा आकश्मिक बहाव हुनसक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज बागमती, नारायणी, पश्चिम राप्ती, बबईमा बहाब बढ्ने र केही साना नदीमा आकश्मिक बहाव हुन सक्ने जनाइएको छ। साथै काठमाडौं उपत्यकाका सहित सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, सिन्धुली, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङजा, बर्दिया र आसपास मध्यम तथा भारी वर्षा भैरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्