कोरोनासँग जुध्न आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण छ : प्रधानमन्त्री ओली

oli kaka
लोकपाटी न्यूज

काठमाडौं, ७ असार। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरससँग जुध्न आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण रहेकोबताएका छन्। उनले योग र सन्तुलित खानपानमा ध्यान दिन सकेमा निरोगी नेपालको उद्देश्य पूरा हुने बताए।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सरकारको आकाङ्क्षा पूरा गर्न शारीरिक एवं मानसिक रुपले स्वस्थ्य र निरोगी नागरिक हुनुपर्नेमा जोड दिएका छन्। उनले योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्