भरतपुरको रामनगरमा विभिन्न जातका बिरुवा रोपियो

biruwa ripadha
लोकपाटी न्यूज

चितवन, ६ असार। भरतपुर महानगरपालिकाकी प्रमूख रेनु दाहालको उपस्थितिमा भरतपुर महानगरपालिका १ रामनगरमा वृक्षारोपण गरिएको छ। प्रमूख दाहालले रुद्राक्ष र पिपलको विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेकी हुन्। आज सो क्षेत्रमा हर्रो, बर्रो, रुद्राक्ष, अमिलो, कपुर, पिपल, अमला लगायतका विभिन्न जातका तीन सय विरुवा रोपिएको हो।

सो अवसरमा बोल्दै प्रमूख दाहालले महानगरलाई सुन्दर, हराभरा र रमणीय बनाउन वृक्षरोपण अभियानलाई निरन्तरता दिइएको बताइन्। हरेक वडामा वृक्षारोपण अभियान सञ्चालन भएको भन्दै प्रमूख दाहालले यो महिना निरन्तर वृक्षारोपण गरिने बताइन्।

सो अवसरमा नेकपा चितवन क्षेत्र नम्बर २ का संयोजक नारायण अधिकारी, रामनगर वजार व्यवस्थापन समितिका अध्यक्ष तारा कुँवर लगायतको सहभागिता रहेको थियो।

2

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्