निर्मल पौडेल/ पर्वत, ४ असार। पर्वतमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चितवनको प्रयोशालामा गरिएको परिक्षणमा थप ५ जनामा कोरोना पुष्टि भएको हो।
नयाँ थप भएका ५ जना संक्रमीत कुश्मा नगरपालिकाका २० वर्षीय पुरुष, फलेवास नगरपालिकाका १९ र २२ बर्षिया पुरुष तथा जलजला गाउँपािलकाका १६ वर्षीय पुरुष रहेका छन्। यसअघि चितवनमा गरिएको परिक्षणबाट बिहान ५ जना नयाँ संक्रमीत फेला परेका थिए। उनीहरु कुश्मा नगरपलिाकाका २ जना, फलेवास नगरपालिकाका २ र मोदी गाउँपािलकाका १ जना नयाँ संक्रमीत थिए।
नयाँ संक्रमीत मध्ये कुश्मा नगरपालिकाका ४३ वर्षका पुरुष र २० वर्षको महिला रहेका छन्। यसैगरी मोदी गाउँपालकाका ३० वर्षका पुरुष पनि संक्रमीत भएको बताइएको छ।
यसैगरी फलेवास नगरपालिकाका ३० र ३७ वर्षका पुरुष पनि संक्रमीत भएका छन्। उनीहरु सवै जना भारतबाट फर्केका हुन। उनीहरुको स्वाब भरतपुरस्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा परिक्षण गर्दा रिर्पोट पोजेटिभ देखिएको हो। रिर्पोट पोजेटिभ आएका उनीहरु सवैलाई पुलिङ क्वारेन्टाइनबाट आइसोलेसन अस्पतालमा राखिएको छ।



लोकपाटी न्यूज

