नवलपुरमा एकैदिन ३१ जनामा कोरोना संक्रमण पुष्टि

coronavirus-test-kiti
लोकपाटी न्यूज

नवलपुर, ४ असार। पूर्वी नवलपरासीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय अनुसार नवलपुरमा मध्यविन्दु नगरपलिकाका १७ जना पुरुष, गैडाकोट नगरपालिकाका १ जना पुरुष, हुप्सेकोट गाउँपालिकाका ९ जना पुरुष र विनयी त्रिवेणी गाउँपालिकाका ४ जना पुरुष गरी ३१ जनामा संक्रमण देखिएको हो। योसँगै नवलपुरमा संक्रमितको संख्या ९७ जना पुगेको छ।

मध्यविन्दु नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा आज कोरोना भाइरस संक्रमण पुष्टि भएका १७ जना सबै भारतबाट आएका हुन्। नगरपालिकाको स्वास्थ्य शाखा प्रमूख माधवप्रसाद पोख्रेलका अनुसार उनीहरु भारतको पन्जाव, सिमला, रत्नगिरी, मुम्बई, हैदरावादबाट आएका रहेका छन्। मध्यविन्दु नगरपालिकाको मध्यविन्दु ६ मा १ जना ४५ वर्षीय पुरुष, मध्यविन्दु ७ मा २१ र ४० वर्षका गरी २ जना पुरुष, मध्यविन्दु ८ मा २३ वर्षीय एक जना पुरुषमा, मध्यविन्दु ९ मा २३ वर्षीय एक जना पुरुषमा संक्रमण देखिएको हो।

त्यसैगरी मध्यविन्दु १३ मा ३०, ३५, १८, २५, ३४, २५, १९, १७, ३९, ३२, ४३ र २० वर्षीय पुरुषमा संक्रमण देखिएको हो। उनीहरुलाई बिहीबार विहान नै रजहरको प्राकृतिक चिकित्सालय रजहरमा उपचारको लागि लगिएको छ। उनीहरुको अवस्था सामान्य रहेको समेत जनाइएको छ । त्यसैगरी हुप्सेकोट गाउँपालिकाको २९, २०, ३९, १९, ३०, ३३, ४०, २९, २९ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। विनयी त्रिवेणीको २३, २६, ३१ र ३५ वर्षीय पुरुषमा संक्रमण देखिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्