काठमाडौं, २ असार। पछिल्लो २४ घण्टामा भारतमा झण्डै ११ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले मंगलबार १० हजार ६ सय ६७ कोरोना संक्रमित थपिएको जनाएको छ।
मन्त्रालयका अनुसार गत चौबीस घण्टाको अवधिमा देशभर तीन सय ८० संक्रमितको मृत्यु भएको छ। योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार नौ सय पुगेको छ।
भारतमा तीन लाख ४३ हजार ९१ जनामा कोरोना संक्रमण देखिइसकेको बीबीसीले जनाएको छ। एजेन्सी



लोकपाटी न्यूज

