काठमाडौं, २ असार। अमेरिकी सैन्य विमान उत्तर पूर्वी बेलायतमा दुर्घटना भएको छ। अमेरिकी एयर फोर्सका अनुसार तालिमका क्रममा विमान दुर्घटना भएको हो। ४८ औं फाइटर विङको एफ १५ सी इगल दुर्घटना भएको हो। नियमित अभ्यासका क्रममा विमान दुर्घटना भएको थियो।
विमानमा एकजना पाइलटमात्र थिए। पाइलट हराइरहेका छन्। दुर्घटनाको कारण र पाइलटको अवस्था खुल्न सकेको छैन। बेलायती खोजकर्ता र उद्दारकर्मी जुटिरहेको अमेरिको हवाई सेनाले वक्तव्यमार्फत् जानकारी गराएको छ।



लोकपाटी न्यूज

