काठमाडौं, २ असार। सोमबार राति प्रहरी प्रधान कार्यालयले ३६ जना एसपीको सरुवा गरेको छ। असार १ गते देखि लागू हुने गरी प्रहरी प्रधान कार्यालयले उनीहरूको सरूवा गरेको हो।
प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले गरेको निर्णयअनुसार ती एसपीले असारदेखिको तलब, भत्ता सरूवा भएकै स्थानबाट पाउनेछन्। सरुवा हुनेहरुमा एसपी अरुण पौडेल, तनहुँ, ओमबहादुर राना, बाँके, गोविन्द अधिकारी धनकुटा, जनकराज पाण्डेय डोटी, जीवनकुमार श्रेष्ठ कास्की, टिकाबहादुर विष्ट महोत्तरी, तारादेबी थापा भक्तपुर र दिपक रेग्मीले पूर्वी नवलपरासीको इञ्चार्जको जिम्मेवारी पाएका छन्।
सरुवाअनुसार दिपक खरेल पाल्पा, नवीनराज राई ईलाम, भीमबहादुर दाहाल, उदयपुर, राजेन्द्रप्रसाद भट्ट सुर्खेत, सन्तोष खड्का मोरङ, सुरेन्द्रबहादुर गुरुङ गोरखाको इन्चार्ज बनेका छन्।






लोकपाटी न्यूज

