काठमाडौं, १ असार। गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशको स्वास्थ्य निर्देशनालयले सोमबार बिहान एक विज्ञप्ति जारी गर्दै थप ५ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो।
तनहुँको घिरिंङ गाउँपालिका स्थायी ठेगाना भई सोहि गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४५, २२, २७, २७, र ४६ वर्षीय ५ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ।
उनीहरूलाई शुक्लागण्डकी नगरपालिकामा रहेको जी.पी. कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा राखिएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ४ पुगेको छ ।




लोकपाटी न्यूज

