पोखरा, ३२ जेठ। गण्डकी प्रदेश सभामूख नेत्रनाथ अधिकारीले कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङ ढकलबारीमा अविरल वर्षासँगै गयराती आएको पहिरोले पुरिँदा आठ जनाको निधन तथा एकजना बेपत्तासहित भएको भौतिक क्षतिको खबरले स्तब्ध बनाएको बताएका छन्।
सभामूख अधिकारीले आइतबार एक शोक वक्तव्य जारी गर्दै घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन्।
शोक वक्तव्यमा भनिएको छ, ‘संकटको यस घडीमा पहिरोमा परिवार गुमाउनुहुने तथा प्रभावित परिवारको तुरुन्त उद्दार, राहत, पुनर्स्थापन तथा पहिरोका कारण जोखिममा परेको वरपरको बस्ती संरक्षणमा तदारुकताका साथ काम गर्न सरकार तथा सम्बद्ध अधिकारीहरुलाई हार्दिक अनुरोध गर्दछु।’




लोकपाटी न्यूज

