‘उत्तर कोरियाले हाइड्रोजन बम बनायो, नेपालमा किन सियो बन्दैन’ ?

pream suwal
लोकपाटी न्यूज

काठमाडौं, ३२ जेठ। सांसद प्रेम सुवालले सरकारलाई सियो बनाएर जनतालाई देखाउन चुनौती दिएका छन्। उनले नेपालजस्तै सानो भूभाग र जनसंख्या भएको देश उत्तर कोरियाले हाइड्रोजन बम बनाएर शत्रुलाई तर्साइरहेका बेला नेपालमा भने सियोसमेत बन्न नसकेको भन्दै सरकारमाथि यस्तो कटाक्ष गरेका हुन्।

आइतबार प्रतिनिधिसभामा राष्ट्र ऋण उठाउने विधेयक २०७७ का बारेमा छलफलका क्रममा अर्थमन्त्री युवराज खतिवडालाई प्रश्न गर्दै सुवालले सियो बनाएर देखाउन सरकारलाई चुनौती दिएका हुन्। ’अबदेखि वैदेशिक ऋण लिन्नौं भन्न सक्नुपर्यो,’ उनले भने, ’विदेशमा रहेका नेपाली दूतावासमार्फत् अब नेपालले वैदेशिक ऋण लिन्न भन्न लगाउनु प¥यो। नेपाली जनताको थाप्लोमा वैदेशिक ऋण कहिलेसम्म बढाइरहने ?’

नेपाल मजदूर किसान पार्टीका सांसद सुवालले भने, ’नेपाल जस्तै सानो देश उत्तर कोरियाले हाइड्रोजन बम बनाएर शत्रुलाई तर्साइरहेको छ,’ उनले भने, ’यहाँ चाहिँ सियो नबनाउने। हामीले सियो कहिले बन्छ भनेर धेरैपटक सोध्यौं। बिस्तारै बन्छ भन्छन् । यस्तो पनि हुन्छ ?’ उनले अबदेखि विदेशबाट ऋण लिन्नौं भन्ने कुरा विधेयकको दफामा राख्नुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्