क्वारेन्टिनबाट घर पठाइएका ११ जनामा कोरोना संक्रमण पुष्टि

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

कञ्चनपुर, ३२ जेठ। कञ्चनपुरमा रिपोर्ट नआउदै क्वारेन्टिनबाट घर पठाइएका ११ जनामा संक्रमण पुष्टि भएको छ।
लालझाँडी गाउँपालिकामा नमूना संकलन पछि रिपोर्ट नआउदै घर पठाइएका मानिसमा कोरोना संक्रमण पुष्टि भएको हो।

भारतबाट फर्किएर लालझाँडी गाउँपालिका ४ स्थित स्वतन्त्र माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका ११ जनालाई जेठ ३० गते घर पठाइएको हो। ती ११ जनामा नै शनिवार कोरोना संक्रमण पुष्टि भएको छ। शनिवार कञ्चनपुरमा २१ जनामा कोरोना संक्रमित थपिएका थिए।

तीमध्ये १४ जना मात्रै लालझाँडी गाउँपालिकाका छन्। स्वाब संकलन पछि ११ जनालाई घर पठाइएको लालझाँडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले स्वीकारे। पीसीआर रिपोर्ट आउनमा ढिलाई हुँदा समेत समस्या भएको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्