एसईईनै खारेज हुँदैन, कक्षा ११ र १२ को परीक्षा गराएरै छाड्छौं : शिक्षामन्त्री पोखरेल

Girirajmani pokharel
लोकपाटी न्यूज

काठमाडौं, ३१ जेठ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा ११ र १२ को परीक्षा लिनैपर्ने हुने बताएका छन्। यस वर्ष एसईईको परीक्षा नलिई आन्तरिक मुल्यांकनबाट मिलाउने निर्णय भएपनि कक्षा ११ र १२ को परीक्षा भने हुने भएको हो। तर, परीक्षा कहिले हुने भन्नेबारे शिक्षा मन्त्रालयले खुलाएको छैन।

अहिले ११ को परीक्षाको त्यस्तो हतार नभएको बताए। कक्षा चढाउनुपर्यो भनेपछि परीक्षा गरेर पनि गर्न सकिने उनको भनाई थियो। शिक्षा मन्त्री पोखरलेलले एक रेडियोसँग कुराकानी गर्दै भने, ‘हामीले कक्षा १० र १२ को परीक्षा गर्नुपर्ने थियो। परिस्थिति सामान्य भएपछि परीक्षा हुन्छ।’

पोखरेलले एसईई नै खारेजी नहुने बताए। एसईईको इतिहास लामो भएको भन्दै उल्लेख गर्दै भने, ‘अहिले पनि प्रहरी, सेना र सरकारी सेवामा जाँदा श्रमबजारमा कामसँग पनि गाँसिएको छ। अहिलेसम्म यो प्रमाणपत्रलाई लोकसेवाले पनि मान्यता दिइरहेको लगायतका धेरै पक्षहरु छन् ।’

एसईई नै खारेजीको विषयमा अझै छलफल नपुगेको बताए। परीक्षा अनुकूल समयमा गर्नुपर्ने भन्दै विश्वविद्यालयहरुको लागि नयाँ ढंगले सोच्नुपर्ने बताए। ‘हामीले जेठभरिमा शिक्षासम्बन्धी सबै विषयमा स्पष्ट पार्दै जान्छौं भनेका थियौ त्यो हुँदैपनि गएको छ,’ पोखरेलले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्