बाजुराको भौनेरा क्वारेन्टाइनमा एक युवकले गरे आत्महत्या

symbolic photo
लोकपाटी न्यूज

राजेन्द्र बि.क./ बाजुरा ३० जेठ:  बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न २ भौनेरामा रहेको सत्यबादी माध्यामीक बिद्यालयको क्वारेन्टाइनमा एक युवकले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा बडिमालिका नगरपालिका वडा न २ माझिगाउँका बर्ष ४५ का भुपेन्द्र दमाई रहेका छन्। उनी २ दिन अगाडी मात्र भारतबाट आएर क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंक प्रशाद भट्टराईले बताएका छन्।

के कती कारणले आत्महत्या गरेको भन्ने कुरा अनुसन्धन पछि मात्र जानकारी हुने प्रहरी प्रमुख भट्टराईले बताएका छन्।थप अनुसन्धनका लागि इन्सपेक्टरको नेतृत्वमा घटना स्थल गइसको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बडिमालिका २ माझीगाउँ घर भएका दमाइले घाटीमा डोरी लगाएर आत्महत्या गरेको बुझीएको छ।

साँझ ८ः३० बजेतिर डोरीको पासो लगाएर झुन्डीएको अबस्थामा उनी संगै बसेका मान्छेले फेला पारेको प्रहरीको श्रोतले जनाएको छ। अहिले त्यहाँ ६ जना क्वारेन्टाइनमा बरिहेका छन्।  जेठ २७ गते गौरीफन्टा नाका भएर २८ गते बाजुरा पुगेको जनाएको छ। ४ बर्ष भारतमा बसेर २ दिन अगी घर नजिककै क्वारेन्टाइनमा बसेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्