चितवन, ३० जेठ। चितवनमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। माडी नगरपालिकामा थप ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो।
भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै चितवनमा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ। जसमध्ये २ जना निको भएर घर फर्कि सकेका छन् एक जनाको मृत्यु भएको छ।



लोकपाटी न्यूज

