सुनवलमा पहिलो पटक ६ जनामा कोरोना संक्रमण पुष्टि

coronavirus-test-kiti
लोकपाटी न्यूज

रमेश भुसाल/ पश्चिम नवलपरासी, २९ जेठ। पश्चिम नवलपरासीको सुनवलमा पहिलो पटक ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वाब संकलन गरेर पठाएको १ सय ४३ जनामा परीक्षण गरिएका ७६ जना मध्यमा ६ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

धुलिखेल अस्पतालमा भएको पिसिआर परिक्षणको क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको र संक्रमित सवै पुरुष रहेको सुनवल नगरपालीकाका मेयर भिम बहादुर थापाले जानकारी दिए।

संक्रमित सुनवलको वडा नम्बर १३ का २२ र २८ वर्षका दुई जना, वडा नम्बर १२ का ३९ वर्षका एक जना, वडा नम्बर ९ का २२ वर्षका एक जना, वडा नम्बर ४ का ४५ वर्षका एक जना, वडा नम्बर ११ का २९ वर्षका १ जना रहेका नगर प्रमूख थापाले जानकारी दिए। सुनवल नगरपालीकाले आफै भिटिएम खरिद गरेर १ सय ४३ जनामा परीक्षण गरिएका ७६ जना मध्यमा ६ जना बाहेक सबैको रिपोर्ट नगेटिभ आएको छ।

संक्रमितहरुको स्वास्थ्य अवस्था समान्य रहेको र उनिहरुलाई सुनवल नगरपालीकाले स्थापना गरेको आईसोलेसन सेन्टरमा राखिने सुनवल नगरपालीकाका उपमेयर दधिराम अर्यालले बताए। संक्रमित सबै भारतबाट आएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्