कुवेतबाट ३ सय नेपाली महिला स्वदेश फर्किदै

plane
लोकपाटी न्यूज

काठमाडौं, २८ जेठः कुवेतबाट दुइटा जहाजमा बिहीबार तीन सय नेपाली महिला स्वदेश फर्किरहेका छन्। कुवेत सिटीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्सका दुई जहाज नेपाली महिला कामदार बोकेर बिहीबार बिहानै काठमाडौंका लागि उडेका हुन्।

कुवेतले बिनाजरिवाना स्वदेश फर्किन पाउने गरी अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा राखिएका नेपालीलाई आफ्नै खर्चमा दैनिक दुइटा विमानमार्फत नेपाल पठाउन नेपाल सरकारसमक्ष प्रस्ताव राखेको थियो। अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा २ हजार ९ सय ९१ नेपाली छन्। तीमध्ये १ हजार ६ सय ८८ पुरुष र १ हजार ३ सय ३ महिला छन्।कुवेत सरकारका अनुसार यी सबै नेपाली नेपाल फर्काउन कम्तीमा २० उडान गराउने तयारी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्