काठमाडौं, २८ जेठः समाजवादी पार्टीकी सांसद सरिता गिरीको काठमाडौंस्थित घरमा कालोझण्डा गाडिएको छ। साँझ गिरीको विशालनगरस्थित घरमा पुगेको एक समुहले कालोझण्डा गाडिदिएको हो। उनको घरमा कालो झण्डा गाडिएको जानकारी आएपछि आएपछि महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी श्याम ज्ञवालीको निर्देशनलगत्तै प्रहरी पुगेको थियो।
ज्ञवालीको निर्देशनपछि महानगरीय प्रहरी बृत्त कमलपोखरी र महाराजगञ्जबाट गएको टोलीले कालोझण्डा हटाएको थियो। प्रहरीले कालोझण्डा झिकेर घर आसपासमा निगरानी बढाइएको जानकारी दिएको छ। बुधबार नेपालको नयाँ नक्साविरुद्ध संसदमा संशोधनको सूचना दर्ता गराएपछि गिरीप्रति देशभर जनआक्रोश बढेको छ।
उनीसम्बद्ध जनता समाजवादी पार्टीले पनि तत्काल यो संशोधनको सूचना फिर्ता नगरेर कारवाही गर्ने बताइसकेको छ। बुधबारै नेपाल कम्युनिस्ट पार्टीको युवा संगठनले सांसद गिरीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ। समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले संशोधनसम्बन्धी सूचना तत्काल फिर्ता लिन भनेका छन्।



लोकपाटी न्यूज