काठमाडौं, २८ जेठ। अफ्रिकी मुलुक बुरुण्डीका राष्ट्रपति पियरा कुरुन्जिजाको ५५ वर्षको उमेरमा निधन भएको छ। कोरोना संक्रमित अफ्रिकी मुलुक बुरुण्डीका राष्ट्रपति पियरा कुरुन्जिजाको ५५ वर्षको उमेरमा निधन भएको हो।
यद्यपि, राष्ट्रपति पियराको हृदयाघातका कारण निधन भएको बताइएको छ। स्वास्थ्यमा समस्या देखिएपछि गत शनिबार अस्पताल भर्ना भएका उनको उपचारकैक्रममा निधन भएको हो। कतिले उनको मृत्यु कोरोनाका कारण उत्पन्न स्वास्थ्य समस्याले गर्दा भएको आशंका गरेपनि सरकार आधिकारीहरुले यसलाई अस्वीकार गरेका छन्।
यसैबीच, बुरुण्डीमा सातदिने शोकको घोषणा गरिएको छ। पियरा विगत १५ वर्षदेखि सत्तामा रहेका थिए। तेस्रो कार्यकालका लागि पनि चुनाव लड्ने घोषणा गरेपछि बुरुण्डीमा राजनीतिक विवाद उत्पन्न भएको थियो।
बुरुण्डीमा कोरानाको कारण एकजनाकोमात्रै मृत्यु भएको छ भने १०० संक्रमित छन्। (एजेन्सी)



लोकपाटी न्यूज

