बारामा थप आठ जनामा कोरोना संक्रमण पुष्टि

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

कलैया, २८ जेठ। बारामा आज थप आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ। सिम्रौनगढ नगरपालिकास्थित कंकालिनी माध्यमिक विधालयको क्वारेन्टाइनमा रहेका ८ जनाको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो।

संक्रमित हुनेमा सिम्रौनगढ ६ का २३, २७ र २८ वर्षीय, वडा नम्बर ५ का २७ र ३५ वर्षीय, वडा नम्बर ७ का १९ वर्षीय, वडा नम्बर २ का ४० वर्षीय पुरुष र एक १२ वर्षीय बालकमा कोरोना पुष्टि भएको प्रमूख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए। योसँगै बारामा संक्रमितको संख्या ९२ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्