बाँकेका २९ जना कोरोना निको भएर घर फर्किए

corona niko
फाइल तस्वीर
लोकपाटी न्यूज

बाँके, २७ जेठ। बाँकेका २९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। कोहलपुर पिपिरीस्थित कृषि विकास बैंक तालिम केन्द्र र राप्तिसोनारी गाउँपालिकाको आइसोलेनमा उपचार गराइरहेका २९ जनाले कोरोनालाई जितेर मंगलबार डिस्चार्ज भएका हुन्।

पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएपछि कृषि विकास बैंक तालिम केन्द्रबाट २२ जना र राप्तिसोनारी गाउँपालिकाबाट ७ जना डिस्चार्ज भएका हुन्।

यससँगै हालसम्म बाँकेमा ९७ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्