– खगेन्द्र छन्त्याल
संगठनको सैद्धान्तिक पक्षबारे चिन्ता गर्दै लेनिन अगाडि भन्नुहुन्छ सिद्धान्तमाथि आधारित नभएको संगठन अर्थ हिन हो। त्यसले व्यवहारमा मजदूर वर्गलाई पूँजीपति वर्गको औजारमा बदल्छ।’ सिद्धान्त बिनाको संगठन ‘कुहिरो भित्रको काग’ जस्तो हुन्छ। यात्रामा निक्लेको यात्रीको निम्ति यात्रा सफलताको लागि एउटा कुशल पथप्रदर्शकको आवश्यकता हुन्छ।
त्यस्तै क्रान्तिकारी संगठनको स्थापना पश्चात त्यो संगठनलाई लक्ष्यसम्म कुशलतापूर्वक दोहोर्याउनको निम्ति एउटा वैज्ञानिक सिद्धान्तको आवश्यकता पर्दछ। त्यो सिद्धान्तनै लक्षमा पुग्नको निम्ति त्यो संगठनको पथ प्रदर्शक सिद्धान्त हो। लेनिन भन्नुहुन्छ ‘क्रान्तिकारी सिद्धान्तबिना कुनैपनि क्रान्ति सम्भव छैन प्रतिगामी र यथास्थितिवादी सिद्धान्तले क्रान्तिकारी संगठनलाई पलायन,बिचलन र विसर्जनतिर दोहोर्याउछ। त्यसकारण प्रतिगामी र यथास्थितिवादी सिद्धान्तले क्रान्तिकारी संगठनलाई पथ प्रदर्शन गर्न सक्दैन। क्रान्तिकारी संगठनलाई पथप्रदर्शन गर्नको निम्ति क्रान्तिकारी सिद्धान्तको आवश्यकता पर्दछ। आजको युगको सबैभन्दा वैज्ञानिक र क्रान्तिकारी सिद्धान्त माक्र्सवाद (लेनिनवाद) माओवाद हो। माक्र्सवाद भनेको प्रकृति र समाज विकासका नियमहरुको व्याख्या गर्ने विज्ञान हो। यो सर्वहारा तथा सम्पूर्ण उत्पीडित तथा शोषित वर्गहरुको क्रान्तिकारी संघर्षलाई निर्देशन गर्ने र विश्वभरि समाजवाद तथा साम्यवादको विजयको नेतृत्व गर्ने विज्ञान हो।
लेनिनवाद भनेको साम्राज्यवाद तथा सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो। मार्क्सवाद-लेनिनवादको सार्वभौम सत्यलाई क्रान्तिको मुर्त व्यवहारमा जोडेर अध्यक्ष माओले मार्क्सवा -लेनिनवादलाई ग्रहण गर्नुभयो, रक्षा गर्नुभयो र त्यसको विकास गर्नुभयो’ यही क्रममा नै मार्क्सवाद-लेनिनवादको विकास भएर मार्क्सवाद-लेनिनवाद (माओवाद अर्थात् मालेमावाद बन्यो। द्वन्द्धात्मक तथा ऐतिहासिक भौतिकवाद मालेमावादी विश्व दृष्टिकोण हो। सर्वहारा वर्गको निम्ति यो संसारलाई हेर्ने,बुझ्ने र बदल्ने हतियार हो। सशस्त्र बलद्वारा सत्ता कब्जा गर्नु, सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्नु, सर्वहारा वर्गको अधिनायकत्व अन्तरर्गत क्रान्तिलाई निरन्तर अघि बढाउनु मालेमावादी सिद्धान्तका सार हुन्।
अतः क्रान्तिकारी संगठनको पथ प्रदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद-माओवाद नै हो। वास्तवमा यसप्रकारको मालेमावादी सिद्धान्तमा आधारित नभएको अर्थात मालेमावादी सिद्धान्तले पथ प्रदर्शन नगरेको संगठन लेनिनको शब्दमा अर्थहीन हुन्छन। र ति संगठनहरुले मजदूरवर्गलाई उनीहरुको मुक्ति होइन उल्टो पूँजीपति वर्गको स्वार्थ सिद्ध गर्ने औजारमा बदल्छन।
संगठनको सदस्यता
क्रान्तिकारी संगठन (कम्युनिष्ट पार्टी) को सदस्यता प्राप्त गर्नु सामान्य कुरा होइन भनिन्छ। सोभियत अन्तरिक्ष यात्री युरिगा गरिनको सफल अन्तरिक्ष यात्रा पश्चात तत्कालिन सोभियत सरकारले सम्मान गर्ने क्रममा युरी गागरिनलाई तपाई के चाहनुहुन्छ ? भनेर सोध्दा उनले मलाई कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्ने इच्छा छ भनेका थिए ? चिनियाँ जनवादी क्रान्तिको दौरानमा मृत्युवरण गरेकी एकजना नौजवान महिलालाई उनीप्रति श्रद्धा र सम्मानस्वरूप मृत्युपर्यन्त चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यता प्रदान गरियको थियो। भारतमा एकजना दिग्गज माक्र्सवादी साहित्यकारलाई उनि मरेपछि भारतीय कम्युनिष्ट पार्टीको सदस्यता प्रदान गरिएको थियो।
विश्व सर्बहारा क्रान्तिको महान नायक क. स्टालिनको निधनपछि उनको बदनाम गर्ने अस्त्र स्वरूप गद्दार खुर्स्चोभले उनको पार्टी सदस्यता खारेज गरेको थियो। नेपालमा निर्मल लामाको पार्टी सदस्यता खारेज गरिदा उनि धुरु धुरु रोएका थिय। तसर्थ कुरा साफ छ कम्युनिष्ट पार्टीको सदस्यता कति गरुङ्गो हुन्छ। तसर्थ सामान्य ढंगले क्रान्तिकारी कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त हुन सक्दैन। निश्चित प्रक्रिया पूरा गरेर मात्र उक्त पार्टीको सदस्यता प्राप्त गर्न सकिन्छ।
कुनैपनि व्यक्तिलाई कुनैपनि जबस र मोर्चामा कम्तिमा ६ महिना काम गरे पश्चात उसको इमान्दारिता, क्षमता र क्रियाशीलताको आधारमा स्थानीय पार्टी कमिटिमार्फत् पार्टी सदस्यको उम्मेदवार बन्ने अधिकार हुन्छ। उम्मेदवार सदस्यको परिक्षण अवधि ६ महिना या त्यो भन्दा बढि हुनसक्दछ। त्यसपश्चात पार्टीले योग्य ठानेमा निजलाई पार्टी सदस्यता प्रदान गर्दछ। वास्तवमा कस्तो व्यक्तिलाई पार्टी सदस्य बनाउने भन्ने कुराले नै कस्तो पार्टी बनाउने भन्ने कुराको निश्चित गर्दछ। १९०३ जुलाई १७ मा सम्पन्न सोभियत कम्युनिष्ट पार्टी (बोल्सेभिक) को दोस्रो महाधिवेशनमा कस्तो व्यक्ति पार्टी सदस्य बन्न सक्दछ भन्ने सवालमा लेनिन र मार्तोभका बीच चर्को संघर्ष भयो। लेनिनको मत थियोः जसले पार्टीको कार्यक्रम मान्छ , पार्टीलाई नियमित लेवी बुझाउछ र उ कुनै न कुनै एउटा संगठनमा रहेर काम गर्छ त्यस्तो व्यक्ति पार्टी सदस्य बन्न सक्छ।
मार्तोभको मत थियो : जसले पार्टीको कार्यक्रम मान्छ, पार्टीलाई लेवी बुझाउछ ,आर्थिक सहयोग गर्छ उ पार्टी सदस्य बन्न सक्छ। तर पार्टीको कुनै न कुनै निकायमा रहेर काम पनि गर्नु पर्दछ भन्ने सर्त आवश्यक छैन। त्यही मतभेदको कारण पार्टी विभाजित भयो। हेर्दा सामान्य देखिने त्यो मतभेदभित्र ज्यादै गम्भीर र महत्वपूर्ण चिज लुकेको थियो। कस्तो व्यक्ति पार्टी सदस्य बन्ने ? भन्ने विवाद भित्रको चुरो कुरो कस्तो पार्टी बनाउने ? भन्ने नै थियो। लेनिन भन्नुहुन्छ ‘कमरेड मार्तोभको दृष्टिकोणबाट पार्टीको सीमा रेखा बिल्कुल अनिश्चित रहन्छ, किनभने हरेक हड्तालकर्ताले आफूलाई पार्टी सदस्य घोषणा गर्न सक्दछ। यो अनिश्चितताको फाइदा के हो ? उपाधिको व्यापक विस्तार, यसको बेफाइदा के हो भने यसले असंगठनकारी विचारलाई प्रवेश गराउछ, वर्ग र पार्टीलाई गोलमाल बनाईदिन्छ।
लेनिनका अनुसार निरन्तर फिल्डमा रहने क्रान्तिकारी योद्धाहरु मात्र कम्युनिष्ट पार्टीको सदस्य बन्न सक्दथे। मार्तोभका अनुसार कहिल्यै फिल्डमा नदेखिने र कुनैपनि काम नगर्ने मान्छे पनि पार्टी सदस्य बन्न सक्दथे। लेनिनको अनुसार पार्टी सशक्त, भूमिगत र मिलिटेन्ट बन्थ्यो मार्तोभका अनुसार पार्टी ढिला-ढाला र खोक्ला बन्थ्यो। लेनिनका अनुसार पार्टी क्रान्तिकारी बन्थ्यो र मार्तोभका अनुसार पार्टी दक्षिणपन्थी संशोधनवादी बन्थ्यो। महाधिवेशनले बहुमतको समर्थनमा लेनिनको प्रस्तावलाई पारित गर्यो। पार्टीमा विभाजनको रेखा कोरियो, बहुमत पक्षधर बोल्सेभिक समुह र अल्पमत पक्षधर मेन्सेबिक समूह बन्यो।
संगठनको सदस्यको काम
कम्युनिष्ट पार्टीका सदस्यहरुले बढी भन्दा बढि अध्ययनलाई जोड दिनुपर्दछ। उनीहरुले पार्टीका विधान, प्रतिवेदन लगायत पार्टीका सबै प्रकाशनहरु अनिवार्य अध्यन गर्नुपर्दछ। साथै उनीहरुले राष्ट्रिय, अन्तर्राष्ट्रिय कम्युनिष्ट प्रकाशनहरु पनि खोजि खोजि अध्ययन गर्नुपर्दछ। कम्युनिष्टहरुले किताबको अध्यन गरेर मात्र पनि पुग्दैन अध्ययनलाई वास्तविकता सँग पनि जोद्नुपर्द्छ। पुस्तक मात्र पढने , पढेको कुरालाई वास्तविकतासँग नजोड़ने प्रवृतिलाई पुस्तकपुजा भनिन्छ र ’पुस्तक पूजाको विरोध गर’ भनेर माओत्सेतुङ्ले हामीलाई सिकाउनु भएको छ। माओत्सेतुङ् भन्नुहुन्छ ‘हामीले बढिभन्दा बढी मार्क्सवाद कितावहरु अध्ययन गर्नुपर्दछ। तर अध्ययनलाई आफनो देशको वास्तविक परिस्थितिसँग अनिवार्य रुपले जोद्नुपर्दछ।
निश्कृयता र कम्युनिष्ट विपरित चिजहरु हुन् बुर्जुवा पार्टीको सदस्यहरु पाँच वर्षमा एक पटक आउने निर्वाचनमा भोट माग्न मरिमेटी सक्रिय भएर हिड्ने र अर्को पाँच वर्ष देश र जनता लुटेर बस्ने जस्तो परिपाटी कम्युनिष्ट पार्टीमा लागू हुँदैन। चुनावलाई माध्यम बनायर देश र जनतालाई बर्बाद गर्नु सिवाय बुर्जुवा पार्टीहरुको अरु केहि काम हुँदैन। पाँच वर्षमा एकदिन जनतासँग जाने र जनतालाई बेवकुफ बनाउने, अरु सबै दिन तस्करी, भ्रष्टाचारी, काला बजारी गरेर तिनै जनताको टाउकामा मकै भुट्ने काम बुर्जुवाहरुले गर्दछन। चुनावमा उच्च सक्रियता देखाउने, साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर चुनाव जित्ने तत्पश्चात आफ्नो दुनो सोझाउने बुर्जुवाहरूको कार्यशैली हो। तर संसार बदल्ने अठोट बोकेको कम्युनिष्ट पार्टीका सदस्यहरु १२ महिना २४ घण्टा क्रियाशील हुनुपर्दछ। त्यसकारण क्रान्तिकारी कम्युनिष्ट पार्टीको सदस्यको शव्दकोषमा निश्कृय भन्ने शब्द नै हुँदैन।
कुनै पनि कमिटीमा नरहने र काम गर्न नसक्ने निश्कृय व्यक्ति कम्युनिष्ट पार्टीको सदस्य बन्न सक्दैन। कम्युनिष्ट पार्टीभित्र सक्रिय पार्टी सदस्यहरु बीच झन् बढि सक्रिय बन्ने र थप जिम्मेवारी लिने सवालमा स्वस्थ प्रतिस्पर्धा हुनु स्वभाविक हो। त्यस्तै काम गर्ने र नगर्ने बीच कम्युनिष्ट पार्टीमा अन्तरविरोध पैदा हुनु र त्यसले कहिलेकाही अप्रिय मोड लिनु पनि अस्वभाविक होइन। किनकि कम्युनिष्ट पार्टीको सदस्यले पार्टीको काम नगर्ने, निष्कृय रहने भन्ने कुरा सामान्य कुरा हुँदैन।
पार्टी काममा कति सक्रिय छ त्यही ढंगको मुल्यांकन पार्टी कमिटीमा हुन्छ। सक्रिय पार्टी सदस्यको उच्च मुल्यांकन गर्दै उसलाई थप उत्साहित गर्ने काम पार्टीले गर्दछ। त्यस्तै निस्क्रिय पार्टी सदस्यलाई सक्रिय बन्न प्रेरित गर्ने र पटक पटकको प्रयास पश्चात पनि सक्रिय हुन नसक्ने पार्टी सदस्यको बारेमा उचित निर्णय गर्ने सवालमा पनि पार्टी सधै सचेत रहन्छ। पार्टी सदस्यहरुले सबै काम विधान सम्मत ढंगले गर्नुपर्दछ, पार्टीको प्रचलित विधि,पद्दति र प्रक्रिया अनुसार गर्नुपर्दछ।
पार्टीको विधानको परिधिमा रहेर क्रान्तिकारी सिद्धान्त ,विचार र राजनीतिको प्रचार गर्ने, क्रान्तिकारी संगठनको निर्माण विस्तार र परिचालन गर्ने पार्टी तथा जबस र मोर्चाहरुको सदस्यता वितरण गर्ने, तथा संघर्षका योजना निर्माण गर्ने ,संघर्षको उत्थान गर्ने तथा संघर्षका कार्यक्रमहरुमा सहभागी हुने गर्नु पर्दछ।



लोकपाटी न्यूज

