काठमाडौं, २६ जेठः कृषि क्षेत्रको सुधार गरेरै छाड्ने प्रतिबद्धता कृषिमन्त्री घनश्याम भुसालले प्रतिबद्धता जनाएका छन्।कृषि मन्त्रालयको विनियोजित बजेटमा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै सोमबार संसदमा उनले नेपालको कृषि क्षेत्रलाई सुधार गर्ने धेरै कार्यक्रम सुरु गरिसकेको बताएका हुन्।
बजेटमाथि छलफलमा भाग लिदै कांग्रेस नेता प्रदीप गिरीले माक्सवादका विद्धान् भुषाल मन्त्री अभिमन्यु चक्रव्युँहमा परेझैं कृषिमन्त्री घनश्याम भुसाल पनि तन्त्रमा फसेको’ टिप्पणी गरेका थिए। त्यसको जवाफमा भुषालले सोमबार जवाफ दिए। ढोका रोक्ने जयद्रथ नभएको भन्दै उनले भने , ‘म चक्रव्युँहमा पर्दिन, प्रदीप जीलाई भन्न चाहन्छु, मेरो ढोका रोक्ने कोही जयद्रथ छैन।’
भुषालले यही वर्षदेखि नकुहिने सबै कृषि बालीको न्यूनतम मूल्य तोकिएको जानकारी दिए। गहुँको मूल्य तोकिसकिएको र अब धान लगाउनु अघि नै त्यसको पनि मूल्य निर्धारण हुने जानकारी दिए। अर्को वर्षदेखि कुहिने खाद्यन्नको पनि मूल्य तोकिने प्रतिबद्धता जनाए। भुषालले कृषिमा दिएको अनुदान कटौती भएको र कृषिमा पाँच प्रतिशत नबढ्ने गरी ऋण दिने व्यवस्था सरकारले मिलाउने उल्लेख गरे।



लोकपाटी न्यूज