बर्दियामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

coronavirus-test-kiti
लोकपाटी न्यूज

बर्दिया, २६ जेठ। बर्दियामा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालयका अनुसार बारबर्दिया वडा नं ७ का २ जना, मधुवन नगरपालिका वडा नं ४ का ३ जना, वडा नं ९ का १ जना, बासगढी नगरपालिका वडा नं २ का ४ जना, वडा नं ६ का २ जना र वडा नं ७ र ९ का एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यसैगरि ठाकुरबाबा नगरपालिका वडा नं ३ का २ जना र वडा नं ४ का १ जनामा संक्रमण पुष्टि भएको हो। सोमबार एकैसाथ १८ जनामा संक्रमण पुष्टि भएसँगै बर्दियामा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ।

बाँकेको नेपालगंजस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बारबर्दिया नगरपालिकाका २ जना, मधुवन नगरपालिकाका ४, बासगढी नगरपालिकाका ९ र ठाकुरबाबा नगरपालिकाका ३ जना गरी जम्मा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमूख गोकर्ण गिरीले जानकारी दिए।

संक्रमण पुष्टि भएका सबै जना पालिकाका क्वारेनटाइनमा बस्दै आएका थिए। क्वारेन्टाइनमा उनीहरुको आरडीटी विधिद्धारा स्वास्थ्य जाच गर्दा पोजेटिभ देखिएपछि पीसीआर जाँच गरिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्