काठमाडौं, २५ जेठःबंगलादेशका एकजना मन्त्रीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। बंगलादेशका चटगाउँ हिल ट्रयाक्ट्स अफेयर्स मन्त्री वीरबहादुर यू सई सिंहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।स्थानीय सञ्चारमाध्यमहरुका अनुसार कोरोना भाइरसबाट संक्रमित हुने उनी पहिलो क्याबिनेट मन्त्री हुन्। पछिल्लो नौ दिनदेखि उनलाई कोरोना भाइरसको लक्षण देखिएको थियो।
शनिबार राति उनको कोरोना भाइरसको परीक्षण पोजेटिभ देखिएको ह। उनलाई आइतबार बिहान ढाकास्थित एक सैन्य अस्पतालमा भर्ना गरिएको छ। वीरबहादुरका साथै अन्य कम्तीमा सातजना सांसदमा कोरोना भाइरसको संक्रमण देखिएको छ।अहिलेसम्म बंगलादेशमा कोरोना भाइरसका ६३ हजार २६ संक्रमित फेला परेका छन् भने ८८८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ।



लोकपाटी न्यूज

