काठमाडौं, २३ जेठः अमेरिकी डाइभर्सिटी भिसा ९डीभी० २०२१ को नतिजा भोलि, २४ जेठमा सार्वजनिक हुने भएको छ।अमेरिकी दूतावासका अनुसार नेपाली समयअनुसार भोलि राति ९ः४५ बजे डीभीको नतिजा प्रकाशन हुन लागेको हो।
नतिजा थाहा पाउनका लागि डिभी भर्दाको समयमा प्राप्त गरेको कन्फर्मेसन नम्बर प्रयोग गरी https://dvprogram.state.gov मा हेर्न सकिने दूतावासले जनाएको छ। ५ मे मा हुने छनोट कार्यक्रम कोरोनाको कारण ६ जुनलाई सारिएको हो। छनोटमा हुने उक्त ढिलाइले १ अक्टोबरमा हुने अन्तर्वार्तामा भने कुनै असर नपर्ने दूतावासले यसअघिकै सूचनामार्फत् प्रष्ट पारेको थियो



लोकपाटी न्यूज