भिआइपी जुवाडेमाथीको अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझायो

Juwakhal01
लोकपाटी न्यूज

काठमाडौं, २२ जेठ, राजधानीको एक होटलमा जुवा खेल्दाखेल्दै पक्राउ परेका प्रतिष्ठित ब्यापारिक घरानाका व्यक्तिहरुमाथीको अनुसन्धान प्रहरीले रातारात सकेर सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ।सरकारी वकिल कार्यालयले प्रतिबेदनको अध्ययन गरि अभियोग पत्र तयार गरेर जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने छ।

प्रहरीले काठमाडौँको कमलादीस्थित एक होटेलबाट सोमबार साँझ उनिहरुलाई पक्राउ गरेको थियो। थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले पाँच दिए पनि कोरोना महामारीको कारण देखाएर हाजिरी जमानीमा छाड्ने तयारीबाट प्रहरी पछाडि हटेको थियो। त्यसपछि प्रहरीले रातारात अनुसन्धान सकेको हो। दरबारमार्ग प्रहरी वृतका प्रमुख रन्जनकुमार दाहालले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाइएको बताए। कमलादीस्थित गगौंर बुटिक होटेलमा जुवा खेल्दै गर्दा पक्राउ परेका व्यापारीमा बैंक सन्चालक र प्रतिष्ठित व्यापारिक समूहका सदस्यहरु छन्।

व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाई पक्राउ परेका थिए । प्रहरीले आरोपी सबै ८ जनालाई नै जनहीँ तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवानाको माग गर्न राय दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्