‘प्रकृतिको क्रन्दन र मेरो सरकार'(कविता)

pic
लोकपाटी न्यूज

पेट्रोलको मूल्य बढ्दा आन्दोलन हुन्छ
किनकि लाखौँ मोटरहरु करोडौंका आवस्यकता, समस्या अनि सपना बोकेर दौडिरहेका हुन्छन

मेरा पनि सपनाहरु छन्, जो गन्तव्यमा पुग्नका लागि हरेक दिन थुप्रै किलोमीटरको यात्रा गर्छन

तर यो दौडले मलाइ त्रसित बनाउँछ

 

तराइको चालिस डिग्रीको घाममा उभिदाको ताप महसुस हुन्छ,

वर्खाको भेलमा घर खेत गुमाएर निरिह बनेको किसानको मुहार आँखामा घुम्छ,

आफ्नो बालखा मृत सन्तानको शव गाड्ने सम्म ठाउँ नपाएर बाडीको आहालमा बगाउन बाध्य भएको, प्रकृति संग हारेको पिता

मानसपटलमा ओहोरदोहोर गरिरहन्छ,

पहिरोले मध्यरातमा सपना देखिरहेको गाउँलाई पुरेको समाचार सम्झिन्छु र निसासिन्छु,

खडेरीले चिरा चिरा परेका खेतका बाँझा  गराहरु याद आउँछन र मेरा ओठहरु पनि सुकेर कलेटी पर्छन !

 

हो! जब जब पेट्रोलको धुवा संग प्रकृतिको स्वच्छता साट्दै म आफ्नो सपनालाइ पछ्याउन दौडीरहेको हुन्छु,

मलाइ यो दौडले त्रसित बनाउँछ I

 

अत्यास लाग्दो तन्द्राबाट ब्युँझिएर फेरी एउटा आशातीत कल्पनाले घेर्छ,

कल्पनामै म विधुतीय रेलमा मेची देखि माहाकालीसम्म पुग्छु,

काठमाडौका सहरहरुमा विधुतीय बसमा चढ्दै यात्रा गर्न थाल्छु,

मनभित्रको महत्वाकांक्षाले एउटा आफ्नै विधुत गाडीको ईच्छा राख्छ,

सरकारले ठाउँ ठाउँमा  राखेका चार्जिंग स्टेशनहरुमा गाडीको भोक मेट्दै म पुरै नेपाल घुम्ने तिर्खा मेटाउँछु

 

यत्तिकैमा एउटा तिखो क्रन्दनले मलाई कल्पना बाट लछारेर यथार्थमा ल्याउँछ

त्यो प्रकृति क्रन्दन रहेछ

मेरो सरकारले विधुतीय गाडीमा भारि कर लगाउने भएछ !

 

प्रकृति संग सौदा गरेबिना बाच्न चहान्छु, पृथ्वीको ऋण नबोकी सपना देख्न चहान्छु,

तर ठुलो विडम्बना छ !

किनकि मेरो सरकार प्रकृतिको पुकार सुन्दैन, पर्यावरणको भाषा बुझ्दैन

उसलाई त केवल अव्यवस्थित विकास सुझ्छ

मेरो सरकार केवल आन्दोलनको भाषा बुझ्छ I

 

सदिक्षा चौहान, वातावरणकर्मी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्