बाँके, १९ जेठ। बाँकेको राप्ती सोनारीमा गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
भारतबाट आएका नेपालीलाई लिएर आइतबार राति १२ बजेतिर नेपालगञ्बाट सल्यानका लागि छुटेको ना ५ ख ५९९५ को फोर्स गाडी राप्ती सोनारी २ मा दुर्घटना भएको हो।
दुर्घटनामा ११ जनाको मृत्यु र २२ जना घाइते भएका बाँकेका प्रमूख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए।मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन। घाइतेको नेपालगञ्ज उपचार भइरहेको छ। गाडीमा चालकसहित ३३ जना रहेको खुलेको छ। ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ ।



लोकपाटी न्यूज
