एक सातामा १७ हजार नेपाली भारतबाट भित्रिए

लोकपाटी न्यूज

कञ्चनपुर, १८ जेठ । एक साताको अवधिमा पश्चिम नेपाली गड्डाचौकीको नाकाबाट सत्र हजार नेपाली भित्रिए भने एक हजार बढी भारतीय बाहिरिएका छन्। स्थानीय प्रशासनले भारतमा अलपत्र परेका नेपाली नागरिकको उद्दारका लागि १२ जेठदेखि पश्चिम कञ्चनपुरको गड्डाचौकी नाका खुलागरेपछि उक्त नाकाबाट आवत जावत बढेको हो। नेपालबाट भारत जाने भन्दा भारतबाट नेपाली आउँनेको सख्या ह्वात्तै बढेको छ। जसरी अहिले भारतबाट नेपाली स्वदेश फर्किनेको लर्को लागेको छ, ठीक त्यस्तै अन्य बेला रोजगारीका लागि नेपालबाट भारत जानेको लर्को लाग्थ्यो।

एक साताको अवधिमा नेपालबाट बाहिरिने भन्दा १३ गुणाले बढी भित्रिएका छन्। सशस्त्र प्रहरी बलको तथ्याङ्ग अनुसार १२ जेठदेखि १८ सम्म १७ हजार ९ सय २० भित्रिए, एक हजार ३ सय ७७ बाहिरिएका छन्। १२ जेठमा २ हजार ६ सय ३६ भित्रिए ३ सय ५३ बाहिरिए, १३ जेठ ६ सय ९४ भित्रिए ५२ बाहिरिए, १४ जेठ १ हजार ५ सय ८६ भित्रिए, २ सय ५४ बाहिरिए, १५ जेठमा २ हजार ४ सय ५ भित्रिए, १ सय ७१ बाहिरिए, १६ मा २ हजार ७सय ८८ भित्रिए १ सय ७८ बाहिरिए, १७ मा ३ हजार ७ सय ५२ भित्रिए, २ सय ६२ बाहिरिए र १८ जेठमा ३ हजार, ५८ भित्रिए र १ सय ७ जना बाहिरिएका छन्।

समान्य स्वास्थ्य चेकजाँच गरेर उनीहरुलाई सम्बन्धित पालिका र जिल्लामा पठाईन लागिएको छ । सशस्त्र प्रहरी बल ३५नम्बर गणका गणपति वीरसिह शाहुले भारतबाट नेपाल आएकाको स्वास्थ्य परीक्षण गरेर सम्बन्धित पालिका वा जिल्लामा पठाइन लागिएको बताउनुभयो। ‘हामीले दैनिक ज्वरो नाप्छौँ,‘उहाँले भन्नुभयो, ‘ज्वरो बढि देखिए आरडीटी, आरडीटी पोजेटिभ आए पीसीआर गछौँ।’ तर अहिलेसम्म कसैमा पनि ज्वरो बढी देखिएको छैन्।

घर फर्किनेहरुको भीमदत्त नगरका स्वास्थ्यकर्मीले चेकजाँच गरिरहेका छन् भने नेपाली सेनाले स्वाब संकलनका लागि कोरोना परीक्षण बुथ सीमा क्षेत्रमै राखेको छ। उनीहरुलाई सीमाबाटै सीधै पठाईन लागिएको छ। गुजाराका लागि भारत पसेका नालाबालासहित नेपाली फर्किन लागेका छन्। नाका खुलेसंगै भारतबाट फर्किनेको दिनप्रतिदिन संख्या ह्वात्तै बढेको छ । दैनिक घर फर्किनेको संख्या ह्वात्तै बढेपछि कञ्चनपुरमा समेत रहेका क्वारेन्टाइन भरिभराउ छन् । हाल कञ्चनपुरका क्वारेन्टाइनमा ५ हजार बढी बसेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्